संसार
-
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजार भन्दा बढी
संसार | ९ पुष २०७७भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
-
बेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा
संसार | ९ पुष २०७७बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।
-
चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो
संसार | २ पुष २०७७चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।
-
अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु
संसार | २ पुष २०७७अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।
-
भारतमा कोभिडको संक्रमणको संख्या एक करोडनजिकै
संसार | २ पुष २०७७भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
-
भारतमा मङ्गलबार एकै दिनमा ३२ हजार सङ्क्रमित
संसार | २४ मंसिर २०७७भारतमा मङ्गलबार एक दिनमा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख तीन ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।
-
राष्ट्रसंघीय आपतकालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता
संसार | २४ मंसिर २०७७संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो । सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरु सहमत भएका छन् ।
-
फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन
संसार | २३ मंसिर २०७७दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।
-
भारतमा आइतबार एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए
संसार | २२ मंसिर २०७७भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
-
अमेरिकामा एकै दिनमा २ लाख ३० हजार थप संक्रमित
संसार | २१ मंसिर २०७७अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।
-
भारतमा शनिबार एकै दिनमा ३६ हजार संक्रमित
संसार | २१ मंसिर २०७७भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार २२२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । जसमध्ये ९१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
-
अमेरिकामा एक हप्ताभित्रै कोभिड–१९ बाट १० हजारको मृत्यु
संसार | १७ मंसिर २०७७कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ ।
-
ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु
संसार | १६ मंसिर २०७७दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।
-
आइसियूमा जनशक्ति अभाव
संसार | १६ मंसिर २०७७धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आइसियू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन ।
-
कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो
संसार | १५ मंसिर २०७७अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
-
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो
संसार | १४ मंसिर २०७७भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।
-
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत
संसार | १२ मंसिर २०७७अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताउनु भएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गर्नु भएको छैन । यद्यपी यसअघि उहाँले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाउनु भएको थियो ।
-
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा
संसार | १२ मंसिर २०७७कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।
-
भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु
संसार | १० मंसिर २०७७भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ ।
-
अन्ततः जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार
संसार | ९ मंसिर २०७७अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिनु भएको छ । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उहाँले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिनु भएको हो । उहाँले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा उहाँले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ ।
-
जाे बाइडेनकाे शासनकालमा एन्टोनी ब्लिन्केन विदेश मन्त्री बन्ने सम्भावना
संसार | ८ मंसिर २०७७अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् । ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ । साथै उहाँसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।
-
अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना
संसार | १७ आश्विन २०७७कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उहाँलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उहाँका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।
-
इङ्ल्याण्डभरि पुनः बन्दाबन्दी हुनसक्ने सरकारी अधिकारीको भनाइ
संसार | २ आश्विन २०७७बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गर्नुभएको हो । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा उहाँले भन्नुभयो, “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी ९लकडाउन० गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।”
-
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
संसार | २ आश्विन २०७७मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
-
रुस, चीन र इरानबाट अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी
संसार | २७ भाद्र २०७७अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ । निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विषेशगरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ । त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन् ।