प्रविधि
-
शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
प्रविधि | २२ मंसिर २०७७नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।
-
चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण
प्रविधि | १७ मंसिर २०७७चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ । चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।
-
अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्ससहित भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित
प्रविधि | १० मंसिर २०७७भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ ।
-
सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
प्रविधि | २३ भाद्र २०७७सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट ९फाइब–जी० को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो ।
-
विभिन्न कारणले इन्टरनेटमा समस्या
प्रविधि | २० भाद्र २०७७सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च ९टीजेएफ०नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।
-
इन्टरोप ‘टोकियो २०२०’ मा हुवावेले जित्यो आठ पुरस्कार
प्रविधि | २९ जेष्ठ २०७७हुवावेले इन्टरोप ‘टोकियो २०२०’ मा आठ पुरस्कार जितेको छ । जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी, ‘इन्टरोप टोक्यो २०२०’ को आयोजक समितिले ‘सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार’ को विजेता घोषित गरेको छ ।
-
सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको छैनः नेपाल दूरसञ्चार प्राधिकरण
प्रविधि | २८ चैत्र २०७६नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी प्रकाशित भएका समाचार झुटा भएको दाबी गरेको छ । प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी प्रकाशित समाचारमा कुनै सत्यता नरहेको प्राधिकरणले जनाएको हो ।
-
अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण
प्रविधि | २३ माघ २०७६अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गरेकी छन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा) की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्रीसहित अवतरण गरेको नासाले जनाएको छ ।
-
प्रदेश नं २ मा प्रविधिमा किशोरी परियोजना शुरू
प्रविधि | १५ माघ २०७६प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा प्रदेश नं २ मा प्रविधिमा किशोरी (गल्र्स इन टेक) परियोजनाको आज शुभारम्भ गर्नुभयो ।
-
एनसेल टावरमा आगजनी
प्रविधि | २७ पुष २०७६तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ ।
-
भरतपुरमा पाँचौँ क्यान मेला हुने
प्रविधि | २१ पुष २०७६चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
-
हावाबाट विद्युत् सेवा शुरु
प्रविधि | ६ पुष २०७६पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।
-
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
प्रविधि | ३ पुष २०७६अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।”
-
पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट
प्रविधि | ३ पुष २०७६नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो ।
-
नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्वीर
प्रविधि | ३० मंसिर २०७६नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।
-
साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’
प्रविधि | २६ कार्तिक २०७६सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।
-
चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे
प्रविधि | २५ कार्तिक २०७६चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो ।
-
डाेल्पामा मोबाइल सेवा अवरुद्ध, टावरको सामान बाटोमै फालियाे
प्रविधि | १५ कार्तिक २०७६गाउँपालिकामा टावर निर्माण गर्ने भनेर ल्याएको सामानबीच बाटोमै अलपत्र परेको छ । मोबाइल टावरका विभिन्न सामग्री रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ । सामान खिया लाग्न थाले पनि त्यहाँबाट उठाउन कसैको ध्यान गएको छैन । टावरको सामग्री ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि बीचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिनुभयो ।
-
ट्वीटरले राजनीतिक विज्ञापन हटाउने
प्रविधि | १४ कार्तिक २०७६विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ ।
-
भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो
प्रविधि | १४ आश्विन २०७६भारतीय राजदूतावासले ५५ औं भारतीयप्राविधिकतथा आर्थिक सहकार्य दिवस मनाएको छ । सोमबार काठ्माडौंको मेरियट होटलमा एक कार्यक्रम गरी सो दिवस बनाएको हो ।
-
अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो
प्रविधि | ३१ भाद्र २०७६अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ । अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्य सहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ ।
-
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न, ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन सुरू
प्रविधि | ३० भाद्र २०७६नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नाष्ट०मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो ।
-
विज्ञानप्रबिधिको प्रयोगमा जोड दिन आग्रह
प्रविधि | २७ भाद्र २०७६नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले विज्ञानप्रबिधिको प्रयोगमा जोड दिएका छन् ।
-
आइफोन ११ सिरिजको के के छन् फिचर ?
प्रविधि | २५ भाद्र २०७६एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ । नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी) मा भिडियो रेकर्ड गर्न सक्छ ।
-
एनसेलले घटायो इन्टरनेट सेवाको मुल्य
प्रविधि | ५ भाद्र २०७६निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले मोबाइल डाटाको मूल्य घटाएको छ । सार्वजनिक सूचना निकाल्दै एनसेलले बुधबारदेखि मोबाइल डाटाको मूल्य घटाएको जानकारी गराएको हो।