प्रदेश सात
-
हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
प्रदेश सात | २२ मंसिर २०७७उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ।
-
सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई
प्रदेश सात | १९ मंसिर २०७७सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
-
कोभिड–१९ः सङ्कटमा सञ्चारकर्मी र सञ्चारगृह
प्रदेश सात | २९ जेष्ठ २०७७कोभिड–१९को सङ्क्रमणका कारण सबै गतिविधि बन्द भएसँगै सुदूरपश्चिम प्रदेशमा सिङ्गो सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बन्दै जाँदा श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गरिँदा आम जनजीवनसँगै सञ्चार क्षेत्र पनि मारमा परेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
-
सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
प्रदेश सात | २ बैशाख २०७७कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
-
सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
प्रदेश सात | २ बैशाख २०७७कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
-
सुदुरमा कोरोना कहरः तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास
प्रदेश सात | २४ चैत्र २०७६सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुराका स्थानीयमा त्रास बढ्न थालेको हो ।
-
धनगढीका बजार पूर्ण रुपमा बन्द
प्रदेश सात | २३ चैत्र २०७६कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
-
संक्रमित युवकका परिवारका ७ जनाकाे काेराेना रिपोर्ट नेगेटिभ
प्रदेश सात | २३ चैत्र २०७६कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताउनुभयो ।
-
जाजरकाेटमा कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता
प्रदेश सात | १७ चैत्र २०७६नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।
-
सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
प्रदेश सात | २४ पुष २०७६सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ ।
-
पक्की पुलकाे माग गर्दै २५ दिनदेखि अनशन
प्रदेश सात | १५ आश्विन २०७६भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरुको अनशन जारी रहने उहाँले जानकारी दिनुभयो ।
-
नगरप्रमुख र उपप्रमुखले मनोमानी गरेको भन्दै नेकपाबाट निर्वाचित पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा
प्रदेश सात | ६ भाद्र २०७६जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
-
अछाममा जिप दुर्घटना, तीनको मृत्यु
प्रदेश सात | ५ भाद्र २०७६अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।
-
वडा कार्यालय जलाउने विप्लव कार्यकर्ता विरूद्ध किटानी जाहेरी
प्रदेश सात | १६ श्रावण २०७६जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिनुभएको हो । उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो ।
-
मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित
प्रदेश सात | १३ श्रावण २०७६सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।
-
सुदुरमा 'स्टिङ अपरेसन’ बढाउँदै अख्तियार
प्रदेश सात | ९ श्रावण २०७६सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो ।
-
धनगढी बम काण्डः घाइते रामसिंहको मृत्यु, उनैले बाेकेका थिए बम
प्रदेश सात | ३ श्रावण २०७६बिहिबार साँझ कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा भएको बम विष्फोटमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटबाट घाइते बनेका राम सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
-
धनगढीको एक होटलमा बम विष्फोट, पाँच घाइते
प्रदेश सात | २ श्रावण २०७६कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
-
किसानलाई पेन्सनकाे सुबिधा दिँदै बुढीगङ्गा नगरपालिका
प्रदेश सात | २ श्रावण २०७६जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् ।
-
कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन शुरु
प्रदेश सात | २९ असार २०७६विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ ।
-
शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको उपचारकाे क्रममा मृत्यु
प्रदेश सात | २५ असार २०७६कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।
-
बझाङमा भूकम्पको धक्का महसुस, भूकम्पविद् भन्छन् 'याे गाेरखा भूकम्पकाे पराकम्प हाेइन'
प्रदेश सात | ३१ जेष्ठ २०७६बझाङको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का वरपरको जिल्लामा समेत महसुस गरिएको थियो । यो गोरखा भूकम्पको पराकम्प नभएकोमापन केन्द्रले जनाएको छ ।
-
भीषण हावाहुरीले कैलाली र कन्चनपुरमा दुईको मृत्युः सय बढी घाइते
प्रदेश सात | २४ जेष्ठ २०७६भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए ।
-
अझै एक साता धनगढी विमानस्थल बन्द रहने
प्रदेश सात | २३ जेष्ठ २०७६एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ ।
-
बाला लाग्ने बेला गहुँमा फौजी कीराको प्रकोप, किसान चिन्तित
प्रदेश सात | ६ फाल्गुन २०७५जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।