प्रदेश चार
-
गण्डकी प्रदेशले अब बिरुवा होइन, रुख नै रोप्ने !
प्रदेश चार | २२ मंसिर २०७६। गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी छ भन्नुभयो ।
-
‘शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन’
प्रदेश चार | १८ भाद्र २०७६गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताउनुभयो ।
-
पोखराको उत्तमचोकमा गोली चल्याे, एक लागुऔषध कारोबारी घाइते
प्रदेश चार | २९ जेष्ठ २०७६पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर घाइते हुनेमा पोखरा महानगरपालिका– १० का ३० वर्षीय गोविन्द थापा रहेका छन् । बुधबार बिहान लागुऔषध पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले जवाफी कारवाहीमा गोली चलाएको कास्की प्रहरीले जनाएको छ ।
-
पाेखरा महानगरका प्रमुख र उपप्रमुखकाे काम प्रति काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि
प्रदेश चार | १४ जेष्ठ २०७६पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
-
२०७२ वैशाख १२ को भूकम्पको स्मृतिमा गोरखाकाे बारपाकमा सार्वजानिक बिदा
प्रदेश चार | २६ चैत्र २०७५२०७२ वैशाख १२ को भूकम्पको स्मृतिमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आउँदो बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । चार वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर महाभूकम्प गएको थियो ।
-
प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ
प्रदेश चार | १४ चैत्र २०७५गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग गर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताए ।
-
प्रदेशसभामा दुई नेताको शोक प्रस्ताव पारित
प्रदेश चार | २१ फाल्गुन २०७५गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ ।
-
फागुनमै शुरु भयाे मुस्ताङमा शैक्षिक सत्र
प्रदेश चार | २ फाल्गुन २०७५जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिनुभयो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ ।
-
संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माणः मुख्यमन्त्री गुरुङ
प्रदेश चार | १ माघ २०७५गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण सम्बर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । गण्डकी प्रदेश धार्मिक एवं सांस्कृतिक पर्यटनको उर्भरभूमि रहेको उल्लेख गर्दै उनले गजेन्द्र मोक्षदेखि मुक्तिनाथधामसम्म जोडिएको कालीगण्डकी सहितका सभ्यता यहाँको आकर्षण भएको बताए ।
-
अवैध रुपमा झापा लैजान लागिएका गाई गैंडाकोटबाट फिर्ता
प्रदेश चार | २५ पुष २०७५अवैध रुपमा दाङबाट झापा लैजाँदै गरिएका गाई गैंडाकोटबाट फिर्ता गरिएको छ । के प्रयोजनका लागि गाई लैजान खोजिएको भन्ने खुल्न नसकेपछि ती गाईहरु दाङ नै फिर्ता गरिएको हो ।
-
कांग्रेस पनि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिन्छ : कमल थापा
प्रदेश चार | ६ पुष २०७५राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरे । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाले बताएका छन् ।
-
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, गणतन्त्रको विरोध
प्रदेश चार | २ पुष २०७५पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले पोखरा विमानस्थलमा गणतन्त्रविरोधी नाराबाजी गरेका छन् । राजतन्त्रका समर्थकहरुले राष्ट्रिय झण्डासहित सोमबार बिहान गणतन्त्रको विरोध गरेका थिए । उनीले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।
-
बागलुङमा आगलागी, ३० घर जलेर नष्ट
प्रदेश चार | ९ मंसिर २०७५बागलुङको ढोरपाटन नगरपालिका ९ (ढोर)नविमा आइतबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेका छन् । राति करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका हुन् ।
-
प्रदेश ४ को बजेट पारित
प्रदेश चार | २६ बैशाख २०७५पोखरा : प्रतिपक्ष कांग्रेसले संसद अवरुद्ध गर्दा २१ वैशाखमा पारित हुन रोकिएको प्रदेश ४ को बजेट आइतबार प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेको छ। २ महिनाका लागि आएको बजेटमा खर्च गर्ने नसकिने गरी रकम विनियोजन भएको भन्दै प्रतिपक्षले शुक्रबार सदन अवरुद्ध गरेको थियो[...]
-
मोदी मुस्ताङ जाँदा थोराङ्ला पास बन्द, पदयात्रीलाई दुई दिन रोक
प्रदेश चार | २६ बैशाख २०७५बेनीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शन गर्न जाँदा पदयात्रीमाथि दुई दिनसम्म रोक लगाइने भएको छ [...]
-
मापदण्ड कार्यान्वयन गर्न महानगर असफल
प्रदेश चार | २६ बैशाख २०७५पोखरा : फेवातालको किनार सेदीफाँटमा किरण दाहालले खेत पुरेर धमाधम घर बनाइरहेका छन् । २ तले पक्की निर्माणाधीन दाहालको घर तालको मापदण्ड ६५ मिटरभित्र पर्छ । पोखरा सेतीबगरका हरि थापाले पनि फेवाताल किनार खपौंदीमा सिमखेत पुरेर घर निर्माण गरिरहेका छन् [...]
-
पोल गाडेको २२ वर्षमा पनि विद्युत पुगेन
प्रदेश चार | २६ बैशाख २०७५नरैनापुर (बाँके) : नरैनापुर–१ सुइयाँमा होटल गरेर बसेकी जाजरकोटकी सुनिता शाहीलाई मुस्किलले सय मिटरको दूरीमा रहेको भारतीय सीमावर्ती गाउँ बघौडामा झिलिमिली बत्ति बलेको देख्दा डाहा हुन्छ । उनको पसल छेउमा विद्युतको पोल गाडेको बर्षौ भयो तर दुर्गम गाउँमा झैं उनी सोलारबाट बत्ति बालेर चित्त बुझाइरहेकी छन् [...]
-
कार्यालय सहयोगी नै हाकिम !
प्रदेश चार | २६ बैशाख २०७५लोमान्थाङ : लोमान्थाङमा रहेको इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीको भरमा चलेको छ। राज्यको उपस्थिति देखाउन स्थानीय जनतालाई सेवा पुर्याउने लक्ष्यसहित कार्यालय स्थापना भए पनि यहाँ माथिल्लो तहका कर्मचारी भने शून्य छन्[...]