खेलकुद
-
राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा
खेलकुद | ३१ असार २०७६राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ ।
-
हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई
खेलकुद | ३० असार २०७६कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
-
इंग्ल्यान्डको पोल्टामा १२ औं संस्करणको विश्वकप क्रिकेट
खेलकुद | ३० असार २०७६इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आयोजक समेत रहेको इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको हो ।
-
विश्वकप क्रिकेट फाइनलः न्यूजील्यान्डले ब्याटिङ रोज्यो
खेलकुद | २९ असार २०७६इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
-
अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजः मलेसियामाथी नेपालकाे ऐतिहासिक 'क्लिन स्विप'
खेलकुद | २९ असार २०७६ -
यू–१९ इस्टर्न रिजन क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा
खेलकुद | २३ असार २०७६एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपाल प्रवेश गरेको छ । आजको खेलमा मलेसियालाई नेपालले ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तीन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा भीम शार्कीले ३३ कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनको योगदान दिए ।
-
कोपा अमेरिका कपः १२ वर्षपछि ब्राजिलको हातमा उपाधी
खेलकुद | २३ असार २०७६१२ वर्षपछि फाइनल पुगेको ब्राजिलले ४४ वर्षपछि फाइनल खेलेको पेरुलाई स्तब्ध बनायो । पेरुलाई पराजित गर्दा ब्राजिलका युवा खेलाडी गाब्रिएल जिससले नायक सावित भए । उनले एक गोल गरे भने एक गोलका लागि सहयोग गरेका थिए । तर खेलको ७० औं मिनेटमा उनी त्यसपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
-
इस्टर्न रिजन क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
खेलकुद | २० असार २०७६एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो ।
-
चीनलाई पराजित गर्दै एसिसी क्रिकेटमा नेपालको उत्कृष्ट सुरुवात
खेलकुद | १८ असार २०७६एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो ।
-
कोपा अमेरिका कपः मेसीको टिम अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा
खेलकुद | १८ असार २०७६घरेलु टोली ब्राजिल १२ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे ।
-
एसिसी पूर्वी क्षेत्रीय क्रिकेटः सिङ्गापुर विजयी
खेलकुद | १७ असार २०७६मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो ।
-
जारी विश्वकपमा भारतकाे पहिलाे हार
खेलकुद | १६ असार २०७६जारी विश्वकपमा अपराजित यात्रामा हिडेको भारतलाई हिजाको खेलमा ठुलो धक्का लागेको छ । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुन पुगेको छ । बर्मिङघममा इंग्ल्याण्डले दिएको ३३८ रनको ठुलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।
-
विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट
खेलकुद | १५ असार २०७६सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।
-
पाकिस्तान अन्तिम चारमा, सेमिफाइनल खेल्ने सम्भावना कायमै
खेलकुद | १५ असार २०७६शनिबार अफगानिस्तानमाथी पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो । पाकिस्तान अंक तालिकाको चौथो स्थानमा पनि उक्लिएको छ ।
-
विश्वकप क्रिकेट- श्रीलंकाको खराब सुरुवात
खेलकुद | १३ असार २०७६इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल शुरु भएको छ । टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेको छ ।
-
विश्वकप क्रिकेटः भारतको अपराजित यात्रा कायमै
खेलकुद | १३ असार २०७६वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा भारतको अपराजित यात्रा कायमै छ । बिहिबार भएको खेलमा वेष्टइन्डिजलाई १ सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ भने वेष्टइन्डिजलाई घर फिर्ता गरेको छ ।
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई
खेलकुद | ११ असार २०७६कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो ।
-
प्रधानमन्त्री कप क्रिकेटः वर्षाले खेल रद्द हुँदा सुदूरपश्चिम सिंधै फाइनल प्रवेश
खेलकुद | १० असार २०७६कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।
-
रेफ्रीसँग अभद्र व्यवाहार गरेको भन्दै कोहलीलाई आइसीसीको जरिवाना
खेलकुद | ८ असार २०७६एकदिवसीय विश्वकपमा शनिवार भारत र अफगानिस्तानको खेलमा रेफ्रीसँग अभद्र व्यवाहार गरेको भन्दै आईसीसीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई जरिवाना गराएको छ।
-
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी
खेलकुद | ८ असार २०७६कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ ।
-
विश्वकप क्रिकेटः अन्तिम ओभरमा शमी चम्कँदा हार्न लागेकाे खेलकाे नतिजा भारतकाे पाेल्टामा
खेलकुद | ८ असार २०७६इंग्ल्यान्डमा जारी १२ औं संस्करणको खेलहरु रोमान्चक बनिरहेका छन् । शनिबार सम्पन्न भारत र अफगानिस्तानबीचको खेलमा भारतले कठिन र नाटकिय जित निकाल्यो । भारतको यस जितका नायक बने मोहम्मद शमी। शमीले अन्तिम ओभरमा लगातार तीन विकेट गिराएर गरेको ह्याट्रिकले अफगानिस्तान ११ रनले पराजित भयो।
-
खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने–गृहमन्त्री थापा
खेलकुद | ६ असार २०७६गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ द्वारा आज यहाँ आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उहाँले खेलाडीले गर्ने प्रतिस्पर्धाका कारण सम्बन्धित मुलुकबीच दौँत्य सम्बन्ध कायम हुने र मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
-
कोपा अमेरिका, उरुग्वे र जापानबीचको खेल बराबर
खेलकुद | ६ असार २०७६ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ ।
-
सन्दिपसँगै नेपालका अर्का क्रिकेटर सोमपालले पनि ग्लोबल टी-ट्वान्टी खेल्ने
खेलकुद | ६ असार २०७६नेपालका चर्चित दुई खेलाडीले अन्तराष्ट्रिय फैन्चाईस खेल्नो भएका छन् । लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई ग्लोबल टी-ट्वान्टी लिग क्लबले खरिद गरेपछि सो अवसर पाएको छ ।
-
खेल राष्ट्रिय एकताको आधार पनि हो– अध्यक्ष प्रचण्ड
खेलकुद | ५ असार २०७६नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताउनुभएको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।