खेलकुद
-
करातेमा नवीन रसाइलीले स्वर्ण पदक जिते
खेलकुद | १७ मंसिर २०७६जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नवीन रसाइलीले स्वर्ण पदक जितेका छन्। उनले ६७ किलोमुनिको प्रतिस्पर्धामा पाकिस्तानका खेलाडी अहमद नासिरलाई पराजित गरेका हुन्।
-
सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ ?
खेलकुद | १७ मंसिर २०७६नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।
-
पहिलो पटक राखिएको तेक्वान्दोको पुम्सेमा नेपाललाई दुई स्वर्ण
खेलकुद | १६ मंसिर २०७६१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आयशा शाक्य र पार्वती गुरुङले तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक जितेका छन्। नेपालका लागि पार्वती गुरुङ २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् । यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्।
-
कराँते फाइटको पुरुषमा नेपालका तामाङलाई स्वर्ण
खेलकुद | १६ मंसिर २०७६दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण जित्ने क्रम जारी छ । कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई १- ० को अन्तरले पराजित गरेका हुन्।
-
तेह्रौँ सागः ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक
खेलकुद | १६ मंसिर २०७६नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० कि
-
तेह्रौँ सागः पुरुष एकल कातामा स्वर्ण पदक
खेलकुद | १६ मंसिर २०७६सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५।७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४।९२ अङ्क जोड्नुभयो ।
-
तेह्रैँ सागः जित्ने मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’
खेलकुद | १५ मंसिर २०७६पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छे हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।
-
तेह्रौँ साग पुरुष भलिबल– नेपाल समूह चरणबाटै बाहिरियो
खेलकुद | १३ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।
-
तेह्रौं सागः नेपाल र भारत भिड्दै
खेलकुद | १२ मंसिर २०७६तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ ।
-
सागः भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य
खेलकुद | ११ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूहचरणको पहिलो खेल खेल्दैछन् ।
-
१३औं सागः आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
खेलकुद | १० मंसिर २०७६आसन्न १३औं दक्षिण एशियाली खेलकूद ९साग०का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो ।
-
साग बिच भलिबलः स्वर्ण पदकको आश
खेलकुद | १० मंसिर २०७६यही मङ्सिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद (साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।
-
१३औँ सागः फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
खेलकुद | १० मंसिर २०७६दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् ।
-
नेपाल र कुवेतबीचको खेल भूटानमा हुने
खेलकुद | २५ कार्तिक २०७६अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियाली फुटबल महासङ्घ (एएफसी) ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
-
राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान
खेलकुद | २५ कार्तिक २०७६बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
-
इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी
खेलकुद | २४ कार्तिक २०७६चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी २० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ ।
-
इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते
खेलकुद | २२ कार्तिक २०७६इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।
-
क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित
खेलकुद | १९ कार्तिक २०७६न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ ।
-
एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती
खेलकुद | १८ कार्तिक २०७६इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो ।
-
जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम
खेलकुद | १८ कार्तिक २०७६युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गर्नुभएको छ । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पार्नुभएको हो ।
-
नेपालले म्यानमारसँग खेल्ने
खेलकुद | ८ कार्तिक २०७६नेपाली २३ वर्षमुनि ९यु–२३० राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद ९साग० को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ ।
-
प्रिमियर लिग क्रिकेट हुने
खेलकुद | १ कार्तिक २०७६दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक संस्था नयाँ समाज नेपाले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । लिगको कूल पुरस्कार राशि रु दुई लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिनुभयो ।
-
विश्वकप छनोटः नेपाल जोर्डनसँग पराजित
खेलकुद | २९ आश्विन २०७६कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
-
सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष
खेलकुद | २७ आश्विन २०७६भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिनुभएको छ ।
-
भारत–दक्षिण अफ्रिका टेस्ट- रोहित र मयन्कको अर्ध शतक
खेलकुद | १५ आश्विन २०७६भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् ।