खेलकुद
-
‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’
खेलकुद | २४ मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
-
आज सकिँदै साग खेलकुद, अर्को साग पाकिस्तानमा हुने
खेलकुद | २४ मंसिर २०७६१३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन आज हुँदैछ। आज खेल समापनसँगै १७ स्वर्णको टुङ्गो पनि लाग्ने छ । मंसिर १५ देखि सुरु भएको साग आज दशौं दिनमा समापन हुँदै छ । आज नेपाल र भुटानको फुटबल फाइनल खेल हुँदै छ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।
-
१३ औं सागः नेपालको स्वर्ण संख्या ४८, पूनमले जुडाेमा जितिन् स्वर्ण
खेलकुद | २३ मंसिर २०७६१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिलातर्फको जुडोमा नेपालले थप एक स्वर्ण जितेको छ। महिला ७८ केजी तौल समूहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण हात पारेका हुन्। पुनमले फाइनलमा भारतकि नवनित कौरलाई पराजित गरेका छन्। याेसँगै नेपालकाे स्वर्ण संख्या ४८ पुगेकाे छ ।
-
१३ औं सागः बक्सिङमा नेपाललाइृ दोस्रो स्वर्ण
खेलकुद | २३ मंसिर २०७६१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ । ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै होस्रो स्वर्ण जितेका हुन् । यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।
-
राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले दिए राजीनामा
खेलकुद | २३ मंसिर २०७६सोमबार नेपाल भारतसँग पराजित भएसँगै प्रशिक्षकले पदबाट राजीनामाको घोषणा गरेका छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका हुन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फाइनलमा भारतसँग २-० गोलले पराजित भएको हो।
-
१३ औं साग महिला फुटबलः स्वर्ण जित्नबाट चुक्यो नेपाल
खेलकुद | २३ मंसिर २०७६आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण त्निे सपना अधुरै भएको छ। सोमबार महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ ।
-
१३ औं सागः पुरुष क्रिकेटमा काश्य पदक
खेलकुद | २३ मंसिर २०७६१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
-
तेह्रौँ सागः नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै
खेलकुद | २३ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ । सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य माल्दिभ्सले जितेको छ । पुरुष फुटबलको फाइनल मङ्गलबार नेपाल र भूटानबीच हुनेछ ।
-
तेह्रौँ साग: ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
खेलकुद | २३ मंसिर २०७६आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
-
पौडीमा गौरिकाको ह्याट्रिक, एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी
खेलकुद | २२ मंसिर २०७६१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा गौरिका सिंहले पौडीमा ह्याट्रिक पुरा गरेकि छिन् । आइतबार चार सय मिट फ्री स्टाइलमा तेस्रो स्वर्ण जित्दै उनले इतिहास रचेकि हुन् । भारतीय खेलाडी सिभांगी शर्मालाई एक सेकेन्डमा पछि पार्दै उनले स्वर्ण हात पारिन् ।
-
बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा
खेलकुद | २२ मंसिर २०७६बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद ९साग०को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।
-
किर्तिमानी महिला क्रिकेटर अञ्जली चन्द भन्छिन्, ‘खुशीको सीमा रहेन’
खेलकुद | २२ मंसिर २०७६नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक÷दुई विकेट लिने मात्र उहाँको लक्ष्य थियो ।
-
तेह्रौँ साग: १०६ स्वर्णसहित भारतको अग्रता कायमै
खेलकुद | २२ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।
-
तेह्रौँ सागः महिला क्रिकेटमा नेपाल पराजित
खेलकुद | २० मंसिर २०७६पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।
-
तेह्रौँ सागः गल्फमा नेपाललाई दुई स्वर्ण, सत्र वर्षीय सुवासकाे दोहोरो स्वर्ण
खेलकुद | २० मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन्।
-
टेबलटेनिसमा नेपाललाई कास्य पदक
खेलकुद | २० मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद (साग) को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका छन् । ।
-
नेपाली धावक पार्कीलाई स्वर्णपदक
खेलकुद | २० मंसिर २०७६१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ
-
तेह्रौँ सागः ६२ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो
खेलकुद | २० मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।
-
१३ औं सागः तेक्वान्दोमा संगिताले दिलाइन् स्वर्ण
खेलकुद | १८ मंसिर २०७६१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्डोमा नेपालले अर्को स्वर्ण भित्र्याएको छ। नेपाली संगीता बस्यालले ६२ केजी समूहमा गोल्ड मेडल जितेकी हुन्। संगीताले भारतीय खेलाडी गगन्जोट गिललाई १८–९ ले पराजित गरेकी हुन्।
-
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
खेलकुद | १८ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा केवल ५० रन जोडेको थियो ।
-
साइक्लिङमा नेपाललाई दुई स्वर्ण
खेलकुद | १८ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले प्राप्त गरे ।
-
करातेमा नेपालका १० स्वर्ण पदक
खेलकुद | १८ मंसिर २०७६महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।
-
१३ औं सागः पुरुष फुटबलमा नेपाल विजयी
खेलकुद | १७ मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पुरुष फुटबल प्रतियोगीतामा नेपाल विजयी भएको छ । दशरथ रगंशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो।
-
१३औँ सागः महिला फुटबलमा नेपालको विजयी शुरुआत
खेलकुद | १७ मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद९साग०अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो ।
-
तेह्रौँ सागः नेपाललाई थप ५ स्वर्ण
खेलकुद | १७ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप पाँच स्वर्ण पदक जितेको छ । नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो । यो सँगै नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ ।