खेलकुद
-
शहीद स्मारक फुटबलमा जाउलाखेलको जीत
खेलकुद | २० माघ २०७६जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।
-
प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा
खेलकुद | २० माघ २०७६प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ ।
-
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित
खेलकुद | १९ माघ २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ ।
-
भारतकी चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवाल भाजपा प्रवेश
खेलकुद | १५ माघ २०७६भारतका चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेकी छिन्। टाईम्स अफ ईण्डियाका अनुसार विश्वकै नम्बर एक ब्याडमिन्टन खेलाडी रहिसकेकी नेहवाल बुधबार भाजपामा प्रवेश गरेकी हुन्।
-
विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा
खेलकुद | १० माघ २०७६आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
-
विश्व बरियतामा प्रिन्सको छलाङ
खेलकुद | २९ पुष २०७६नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका छन् ।
-
शहीद स्मारक लिगः मछिन्द्र क्लब शीर्ष स्थानमा
खेलकुद | २९ पुष २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।
-
क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
खेलकुद | २८ पुष २०७६गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।
-
राष्ट्रिय महिला भलिबल न्यू डाइएमण्डद्वारा पुलिस पराजित
खेलकुद | २५ पुष २०७६न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।
-
मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित
खेलकुद | २५ पुष २०७६मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
-
शहीद स्मारक ‘ए’ लिगः थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित
खेलकुद | २३ पुष २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
-
शहीद स्मारक लिगः चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा
खेलकुद | १८ पुष २०७६शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो ।
-
फुटबल–जाउलाखेलद्वारा च्यासल पराजित
खेलकुद | १५ पुष २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
-
फुटबल–मच्छिन्द्र लिगको शीर्ष स्थानमा
खेलकुद | १४ पुष २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।
-
शहीद स्मारक लिगः अपराजित रहँदै मनाङ शीर्ष स्थानमा
खेलकुद | १४ पुष २०७६शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा बराबरी खेल्दै छ अङ्कका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ ।
-
तेह्रौँ सागमा रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग
खेलकुद | ९ पुष २०७६राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो ।
-
पिपीएलः धनगढी र पोखरा बाहिरिए
खेलकुद | ८ पुष २०७६कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा¥यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।
-
शहीद स्मारक ‘ए’ डिभिजन लिगः मनाङद्वारा आर्मी पराजित
खेलकुद | ७ पुष २०७६शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
-
पिपीएल क्रिकेटः चितवनको चौथो जीत
खेलकुद | ६ पुष २०७६पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।
-
फुटबल प्रशिक्षणलाई कृत्रिम घाँसै मैदान बन्ने
खेलकुद | ३ पुष २०७६गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान निर्माण गरिने भएको छ । गोरखा नगरपालिका–९ दल भन्ञ्याङमा द ओसन क्बलले घाँसे मैदान निर्माण गर्न लागेको क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । “क्बलले आफ्नै सक्रियतामा विश्व फुटबल महासङ्घ (फिफा) को अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेल मैदानमा कृत्रिम घाँस विछ््याउन लागेको हो”, उहाँले भन्नुभयो, “कृत्रिम घाँस चीनबाट ल्याउने तयारी भइरहेको छ ।”
-
पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत
खेलकुद | २ पुष २०७६पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पीपीएल० टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।
-
ए डिभिजनलाई कतार एयरवेजको साथ
खेलकुद | २७ मंसिर २०७६शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ ।
-
१३ औं सागमा सेनाका खेलाडीको योगदान: २३ स्वर्णसहित १०३ पदक
खेलकुद | २५ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गर्नुभएको छ ।
-
१३ औं सागको फुटबलमा नेपाललाई ऐतिहासिक स्वर्ण
खेलकुद | २४ मंसिर २०७६१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरूष फुटबलमा नेपालले स्वर्ण हात पारेको छ । खेल २-१ गोलले नेपालको पक्षमा रह्यो । खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गरेका हुन्। खेलको ३६ औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए ।
-
१३औँ सागः नेपालले आफ्नो स्वर्ण संख्या ५० पुग्यो
खेलकुद | २४ मंसिर २०७६१३औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्याएकाे छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो । शाहीले भारतका भिरेन्दर सिंहलाई हराए । शाहीले अंकको आधारमा स्वर्ण जितेका हुन् । उनकाे जितसँगै नेपालकाे ५० स्वर्ण जित्ने लक्षय पुरा भएकाे छ ।