खेलकुद
-
चन्द्रगिरि, स्वयम्भू र पोखरामा विश्वकप ट्रफी
खेलकुद | ८ कार्तिक २०७५इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ ।
-
अष्ट्रेलियाको बिग बेसमा सन्दीप लामिछाने
खेलकुद | ६ कार्तिक २०७५अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।
-
प्रकाश दाहालको स्मृतिमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता
खेलकुद | २९ आश्विन २०७५नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । पुनः सङ्गठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल सङ्घको सह–आयोजनामा आगामी मङ्सिर १ देखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने भएको हो ।
-
भूटान विरुद्ध नेपालको फराकिलो जित
खेलकुद | २३ आश्विन २०७५प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हरायाे ।
-
१५ औँ धर्मश्री शारीरिक सुगठनको उपाधि मिलन सिजापतीलाई
खेलकुद | २१ आश्विन २०७५५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले जितेका छन् । उनले १३ औँ धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई पछाडी पार्दै उपाधि उचाल्न सफल भएका हुन्। ८० केजी माथीको तौल समूहमा उनले ५ लाख रुपैयाँ प्राप्त गरे । ८० केजी तौल समूहका सेप फिटनेशका महेश्वर दोस्रो भए । उनले २ लाख रुपैयाँ जिते । ६५ केजी तौल समूहकै नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल तेस्रो भए । उनले १ लाख रुपैयाँ प्राप्त गरे ।
-
भुटानको मैदानमा भारतसँग भिड्दै नेपाली महिला खेलाडी
खेलकुद | १९ आश्विन २०७५भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
-
आईपीएल: कोहलीको ९२ रन खेर गयो, बैंगलोर पराजित
खेलकुद | २६ बैशाख २०७५मुम्बई: मुम्बई इन्डियन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को ११ औँ संस्करणमा मंगलवार आफ्नो पहिलो जित दर्ता गराएको छ[...]
-
धर्मको संरक्षणका लागि दौड प्रतियोगिता
खेलकुद | २६ बैशाख २०७५बाँके – हिन्दू धर्मको संरक्षणमा एकजुट हुनुपर्ने शन्देशसहित नेपालगञ्जमा संस्कृति रक्षा दौड प्रतियोगिता भएको छ । पछिल्लो समय नेपालमा पश्चिमी धर्मको प्रचार बढेको र हिन्दू धर्ममाथि हस्ताक्षेप बढेको भन्दै आफ्नो धर्मको संरक्षणमा एकजुट हुनुपर्ने शन्देशसहित प्रतियोगिता गरिएकोआयोजक हिन्दू स्वंय सेवक संघ नेपालले जनाएको छ । प्रतियोगिताको उदघाटन पाँच नम्बर प्रदेशका सांसद सुरेन्द्र हमालले गरेका थिए […]
-
एन्फा अध्यक्षमा कर्माछिरिङ निर्वाचितः थापामुक्त भयो एन्फा
खेलकुद | २६ बैशाख २०७५काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा […]
-
दक्षिण एसियाली ट्रायथलन : मनिचन्द्र र समिराले जिते स्वर्ण
खेलकुद | १६ बैशाख २०७५पोखरा : भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन्।
-
आइपीएलः शीर्ष स्थानमा रहेको चेन्नाई मुम्बईसँग ८ विकेटले पराजित
खेलकुद | १६ बैशाख २०७५इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किङ्ग्स मुम्बईसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा मुम्बईले चेन्नाईमाथि ८ विकेटको जित हात पारेको हो। मुम्बईको जितमा कप्तान रोहित शर्माले नटआउट ५६ रनको योगदान दिए।