खेलकुद
-
तेह्रौँ सागः महिला क्रिकेटमा नेपाल पराजित
खेलकुद | २० मंसिर २०७६पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।
-
तेह्रौँ सागः गल्फमा नेपाललाई दुई स्वर्ण, सत्र वर्षीय सुवासकाे दोहोरो स्वर्ण
खेलकुद | २० मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन्।
-
टेबलटेनिसमा नेपाललाई कास्य पदक
खेलकुद | २० मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद (साग) को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका छन् । ।
-
नेपाली धावक पार्कीलाई स्वर्णपदक
खेलकुद | २० मंसिर २०७६१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ
-
तेह्रौँ सागः ६२ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो
खेलकुद | २० मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।
-
१३ औं सागः तेक्वान्दोमा संगिताले दिलाइन् स्वर्ण
खेलकुद | १८ मंसिर २०७६१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्डोमा नेपालले अर्को स्वर्ण भित्र्याएको छ। नेपाली संगीता बस्यालले ६२ केजी समूहमा गोल्ड मेडल जितेकी हुन्। संगीताले भारतीय खेलाडी गगन्जोट गिललाई १८–९ ले पराजित गरेकी हुन्।
-
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
खेलकुद | १८ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा केवल ५० रन जोडेको थियो ।
-
साइक्लिङमा नेपाललाई दुई स्वर्ण
खेलकुद | १८ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले प्राप्त गरे ।
-
करातेमा नेपालका १० स्वर्ण पदक
खेलकुद | १८ मंसिर २०७६महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।
-
१३ औं सागः पुरुष फुटबलमा नेपाल विजयी
खेलकुद | १७ मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पुरुष फुटबल प्रतियोगीतामा नेपाल विजयी भएको छ । दशरथ रगंशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो।
-
१३औँ सागः महिला फुटबलमा नेपालको विजयी शुरुआत
खेलकुद | १७ मंसिर २०७६१३औँ दक्षिण एशियाली खेलकूद९साग०अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो ।
-
तेह्रौँ सागः नेपाललाई थप ५ स्वर्ण
खेलकुद | १७ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप पाँच स्वर्ण पदक जितेको छ । नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो । यो सँगै नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ ।
-
करातेमा नवीन रसाइलीले स्वर्ण पदक जिते
खेलकुद | १७ मंसिर २०७६जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नवीन रसाइलीले स्वर्ण पदक जितेका छन्। उनले ६७ किलोमुनिको प्रतिस्पर्धामा पाकिस्तानका खेलाडी अहमद नासिरलाई पराजित गरेका हुन्।
-
सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ ?
खेलकुद | १७ मंसिर २०७६नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।
-
पहिलो पटक राखिएको तेक्वान्दोको पुम्सेमा नेपाललाई दुई स्वर्ण
खेलकुद | १६ मंसिर २०७६१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आयशा शाक्य र पार्वती गुरुङले तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक जितेका छन्। नेपालका लागि पार्वती गुरुङ २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् । यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्।
-
कराँते फाइटको पुरुषमा नेपालका तामाङलाई स्वर्ण
खेलकुद | १६ मंसिर २०७६दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण जित्ने क्रम जारी छ । कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई १- ० को अन्तरले पराजित गरेका हुन्।
-
तेह्रौँ सागः ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक
खेलकुद | १६ मंसिर २०७६नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० कि
-
तेह्रौँ सागः पुरुष एकल कातामा स्वर्ण पदक
खेलकुद | १६ मंसिर २०७६सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५।७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४।९२ अङ्क जोड्नुभयो ।
-
तेह्रैँ सागः जित्ने मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’
खेलकुद | १५ मंसिर २०७६पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छे हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।
-
तेह्रौँ साग पुरुष भलिबल– नेपाल समूह चरणबाटै बाहिरियो
खेलकुद | १३ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।
-
तेह्रौं सागः नेपाल र भारत भिड्दै
खेलकुद | १२ मंसिर २०७६तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ ।
-
सागः भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य
खेलकुद | ११ मंसिर २०७६तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूहचरणको पहिलो खेल खेल्दैछन् ।
-
१३औं सागः आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
खेलकुद | १० मंसिर २०७६आसन्न १३औं दक्षिण एशियाली खेलकूद ९साग०का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो ।
-
साग बिच भलिबलः स्वर्ण पदकको आश
खेलकुद | १० मंसिर २०७६यही मङ्सिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद (साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।
-
१३औँ सागः फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
खेलकुद | १० मंसिर २०७६दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् ।