धर्म संस्कृति
-
गीता जयन्ती
धर्म संस्कृति | १० पुष २०७७वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ ।
-
चैतदेखि बन्द तालबाराही मन्दिर खुलाः डुङ्गा चालक खुशी
धर्म संस्कृति | २ पुष २०७७फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।
-
नौ महिनापछि खुल्यो भगवानकाे लकडाउन, भक्तजन प्रवेश गरे पशुपतिमा
धर्म संस्कृति | १ पुष २०७७गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।
-
भुत भगाउन कमला नदीमा 'भूतमेला'
धर्म संस्कृति | १५ मंसिर २०७७सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको हो ।
-
संस्कृतिमा कोरोना असरः श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यो वर्ष स्थगित, विधि पुजामात्र गरिने
धर्म संस्कृति | १५ मंसिर २०७७करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजनक नवीन गोर्खालीले जानकारी दिए । पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले पहिलो दिन चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु हुने परम्परा छ ।
-
आज गुरुनानक जयन्ती
धर्म संस्कृति | १५ मंसिर २०७७प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उहाँले गराउनुभयो ।
-
तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी
धर्म संस्कृति | ११ मंसिर २०७७कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् ।
-
कोभिड–१९ को महामारीले गौराती भीमेश्वरको मेला नहुने
धर्म संस्कृति | ७ मंसिर २०७७प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुुभयो ।
-
सामाचकेवा पर्वः यस्ताे छ दाजुभाई र दिदि बहिनीबीचको राेचक कथा
धर्म संस्कृति | ७ मंसिर २०७७सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । भ्राति द्वितीयाका दिन दिदीबहिनीले सामाचकेवाका पात्रहरूको माटोको आकृति बनाई छठपर्वको खरनादेखि पूर्णिमासम्म यस पर्वको आयोजन गर्ने गरेको पाइन्छ । प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व विशेष गरी बालिकाहरूको भए पनि युवती र प्रौढहरूको उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुबैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ ।
-
याे वर्षकाे दशैँटीका साइत, हेर्नुस् कुन देशमा कति बजे साइत ?
धर्म संस्कृति | २३ आश्विन २०७७अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो ।
-
हराएको चार वर्षपछि चन्दननाथको बहुमूल्य दाहिने शङ्ख फेला
धर्म संस्कृति | २२ आश्विन २०७७हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
-
दूरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना
धर्म संस्कृति | २ आश्विन २०७७छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो ।
-
असोज २ गतेदेखि ३० गतेसम्म मलमासः मलमासमा के गर्न हुन्छ ? के गर्न हुदैन ?
धर्म संस्कृति | ३० भाद्र २०७७यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।
-
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु, यस्ताे छ धार्मिक विश्वास
धर्म संस्कृति | २४ भाद्र २०७७सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
-
पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ
धर्म संस्कृति | २३ भाद्र २०७७अहिले महोत्तरीसहित मिथिला क्षेत्रका कर्मकाण्डी पेशाका पुरोहितलाई सञ्चविसञ्चको शिष्टाचार निर्वाहका लागि समय मिलाउन पनि सकस छ । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराई दिनुपर्ने दौडादौडले पुरोहितलाई अहिले भ्याइनभ्याइ परेको हो । सोह्रश्राद्धमा आफ्ना दिवङ्गत आफन्तको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चारपाँच ठाउँमा श्राद्ध गराउन पर्ने भएपछि पुरोहितको व्यस्तता निकै बढेको छ ।
-
इन्द्रजात्राः क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा
धर्म संस्कृति | २१ भाद्र २०७७प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ । इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण क्षमापूजा गरी फूलप्रसाद राष्ट्रपति कार्यालयमा लगिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।
-
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
धर्म संस्कृति | २१ भाद्र २०७७‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।
-
क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित
धर्म संस्कृति | १६ भाद्र २०७७कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।
-
आज इद उल फित्र पर्व, घरघरमै नमाज पाठ गरी मनाइँदै
धर्म संस्कृति | १२ जेष्ठ २०७७अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
-
आज २५ सय ६४ औँ बुद्ध जयन्ती
धर्म संस्कृति | २५ बैशाख २०७७प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
-
आज उँभौली पर्व
धर्म संस्कृति | २५ बैशाख २०७७प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।
-
आज रामभक्त हनुमानकाे जन्मोत्सव
धर्म संस्कृति | २६ चैत्र २०७६प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेता युगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो । रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिनुभएको थियो । रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाउनुभयो । त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो ।
-
कोभिड—१९ः ‘होम क्वारेन्टाइनमै छठ पर्व’
धर्म संस्कृति | १७ चैत्र २०७६मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती ९बासन्ती० छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ । पर्वमा आज सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ ।
-
लकडाउनमा गाईलाई आहारको प्रबन्ध मिलाउन विश्व हिन्दु महासङ्घको माग
धर्म संस्कृति | १६ चैत्र २०७६महासङ्घले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
-
जयन्ती विशेषः संघ-निर्माता डा. केशवराव वलिराम हेडगेवार
धर्म संस्कृति | १२ चैत्र २०७६महात्यागी कर्मयोगीको जन्म कुनै कालखण्डको कुनै भूखण्डमा हुन्छ र ती महापुरुष आफ्नो विशिष्ट कर्मद्वारा समस्त भूधरामा प्रकाशित हुन्छन् । त्यस्ता कर्मयोगीबाट उत्पन्न ऊर्जाले आफ्नो स्वाभिमान बिर्सिएर सत्त्वहीन–प्राणहीन बनेको समाजलाई पुनः जागृत तथा आत्मगौरव प्रदान गर्दछ । किंकर्तब्यविमूढ भएकालाई उचित मार्गदर्शन प्रदान गर्दछ । असंख्य अन्तःकरणमा चेतनारूपी ज्योति जग्मगाउँछ । ईश्वरीय इच्छाअनुसार यस प्रकारको सर्वश्रेष्ठ तपस्यामा जीवनको प्रत्येक पल खर्चने महापुरुषको जन्म विषम परिस्थितिजन्य समयमा हुने गर्दछ । यस्तै प्रतिकूलताको बेलामा पुनः एक तपस्वीको जन्म हुन्छ ।