उर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

१४ पुष २०७७ | राजनीति


काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।

भेटवार्तामा मन्त्री बनेकोमा क्वात्राले बधाई दिनुका साथै  नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् । 

प्रधानमन्त्रीले संसद् विघटन गरेपछि विस्तार गरेकाे मन्त्री मण्डलमा रायमाझीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय पाएका हुन् । 

तपाईको विचार