मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१० पुष २०७७ | राजनीति


काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।  आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए । 

त्यसअघि तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने तीन मन्त्रीमा अरुणकुमार नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।  

तपाईको विचार