कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
१० पुष २०७७
|
समाज

काठमाडौं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा ९पुरानो सामान बटुल्ने छान्नेमा० १०० जना तोकिएको छ । यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।
तपाईको विचार
सम्बन्धित
-
समाज
पश्चिमी वायुको प्रभाव, अबकाे केही दिन बिहानीपख बाक्लो हुस्सु लाग्ने
-
समाज
पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली
-
समाज
सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन प्रमकाे आग्रह
-
समाज
चिसोका कारण चारको मृत्यु
-
समाज
भाेलीदेखि सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हट्ने
-
समाज
'यो लडाई सम्पूर्ण किसानको हो, माग पुरा नगरे देशैभरका किसान जगाएर आन्दोलन गछौं' (फोटोफिचर)