संसद् विघटनपछि देशभर प्रदर्शन (फाेटाेफिचर)
५ पुष २०७७
|
राष्ट्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ । जुलुसमा नाराबाजी सहित संसद् पुनःस्थापना गर्न माग गरिएको छ । पोखरा चितवन धरानसहित काठमाडौंका विभिन्न स्थानमा जुलुससहित प्रदर्शन भइरहेको छ । नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठन, कांग्रेस सम्बद्ध संघ तथा विद्यार्थी संगठनहरु आम जनता प्रदर्शनमा उत्रिएका हुन् । काठमाडाैंकाे माइतीघरबाट निस्किएकाे जुलुस बानेश्वरमा अाएर काेणसभामा परिणत भएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको उनीहरुको ठहर छ ।
तपाईको विचार
सम्बन्धित
-
राष्ट्रिय
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको होः प्रम
-
राष्ट्रिय
पछिल्लो २४ घण्टामा ७८२ जना नयाँ संक्रमित थपिए
-
राष्ट्रिय
काठमाडौँमा जोरबिजोर प्रणाली अन्त्य, निर्बाध चल्न थाले सवारी
-
राष्ट्रिय
सरकारलाई उखु किसानको पत्र: बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
-
राष्ट्रिय
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
-
राष्ट्रिय
डिआइजी पोखरेल एआइजीमा बढुवा