पछिल्लो २४ घण्टामा ७८२ जना नयाँ संक्रमित थपिए
३ पुष २०७७
|
राष्ट्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ७८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाए अनुसार, योसहित हालसम्म संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । त्यस्तै सकृय संक्रमितको संख्या ९३१७ मा झरेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या ४२७ रहेको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १०२९ जना निको भएका छन । योसँगै संक्रमणमुक्त हुनेहरुको संख्या २४१३९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
यसअघि बिहिबार ६ जनाको मृत्यु भएको थियो । उनीहरुको देशका बिभिन्न स्थानमा रहेका अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
तपाईको विचार
सम्बन्धित
-
राष्ट्रिय
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको होः प्रम
-
राष्ट्रिय
संसद् विघटनपछि देशभर प्रदर्शन (फाेटाेफिचर)
-
राष्ट्रिय
काठमाडौँमा जोरबिजोर प्रणाली अन्त्य, निर्बाध चल्न थाले सवारी
-
राष्ट्रिय
सरकारलाई उखु किसानको पत्र: बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
-
राष्ट्रिय
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
-
राष्ट्रिय
डिआइजी पोखरेल एआइजीमा बढुवा