पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ७७६ संक्रमित थपिए

२ पुष २०७७ | स्वास्थ्य


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जना कोरोनाका ७७६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाए अनुसार, योसहित हालसम्म संक्रमितको संख्या २५१,६९२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार १३ जनाको मृत्यु भएको थियो । योसहित हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 सकृय संक्रमितको संख्या ९५८० मा झरेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या ४४४ रहेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ९४७ जना संक्रमणमुक्त भएका छन । योसँगै संक्रमणमुक्त हुनेहरुको संख्या २४०३६३ पुगेको छ ।

तपाईको विचार