चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

एजेन्सी । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।
यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग¥यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।
चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।
यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान बताइएको छ ।
“चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले एएफपीलाई बताएका छन् ।
तपाईको विचार
सम्बन्धित
-
संसार
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजार भन्दा बढी
-
संसार
बेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा
-
संसार
अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु
-
संसार
भारतमा कोभिडको संक्रमणको संख्या एक करोडनजिकै
-
संसार
भारतमा मङ्गलबार एकै दिनमा ३२ हजार सङ्क्रमित
-
संसार
राष्ट्रसंघीय आपतकालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता