पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको निधन

२९ मंसिर २०७७ | स्वास्थ्य


काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका १८ जना संक्रमित सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।

 

मन्त्रालयका अनुसार सोमबार ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा नै ८४२ जना संक्रमण मुक्त भएका छन् ।

 

काठमाडौं उपत्यकामा २ सय ४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा १३४, प्रदेश २ मा १५, बागमति प्रदेशमा ३९४, गण्डकी प्रदेशमा ९५, लुम्बिनीमा १०३ र सुदूरपश्चिममा ७५ जना संक्रमित थपिएका छन् ।

 

देशभर अझै पनि १० हजार ९५५ जना संक्रमित आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

तपाईको विचार