नायिका श्वेताले कसिन् लगनगाँठो

२२ मंसिर २०७७ | मनोरञ्जन


काठमाडौ। नायिका श्वेता खड्काले विवाह गरेकी छन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग श्वेताको सोमबार बिहे सम्पन्न भएको हो।

मूलपानीस्थित गोकर्ण रिसोर्टमा श्वेता र विजयेन्द्रबीच वैवाहिक कार्यक्रम सम्पन्न भएको हो । बेहुला र बेहुली पक्षका आफन्तको सहभागितामा उनीहरुले विवाह सम्पन्न गरेका हुन् । 

श्वेताको यो दोस्रो विवाह हो । उनको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग ६ वर्षअघि बिहे भएको थियो । तर बिहे गरेको एक महिनामै उनको क्यान्सर रोगका कारण निधन भएको थियो ।

तपाईको विचार