जमानतमा छुटे कमेडियन भारतीको दम्पती

८ मंसिर २०७७ | मनोरञ्जन


एजेन्सी । भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ।

ड्रग्स केसमा सिंहलाई फ्रहरीले शनिबार पक्राउ गरेको थियो। 

भारतीको घर र अफिसमा ८६.५  ग्राम गाँजा भेटिएको थियो।  प्रहरीसमक्ष आफु र पति मिलेर गाजाँ सेवन गर्ने गरेको स्वीकार गरेकि भारती भारतकी प्रख्यात कमेडिन हुन

शनिबार ब्युरोले अन्धेरी,लोखण्डवाला र बर्सोवामा रहेको घरमा छापा मारेको थियो। ब्युरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको बताएको थियो। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुराबाहिर आइरहेको छ। पछिल्लो समय भारतीय प्रहरीको नजर बलिउड कर्मीतिर परेको छ ।

तपाईको विचार