सन्दीपको बलिङ बरियता खस्कियो

काठमाडाैं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो ।
नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उहाँ ७९ औँ स्थानमा रहनुभएको थियो । हाल क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेल्ने क्रममा उहाँ ट्रिनिडाड एण्ड टोबागोमा रहनुभएको छ । उहाँले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गर्नुभएको थियो ।
यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहनुभएको छ । दुवै जना हाल सीपीएल खेलिरहनुभएको छ । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेल्नुभएको थियो । यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहनुभएको छ ।
यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहनुभएको छ । उहाँको ४०० रेटिङ अङक छ । इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा रहनुभएको छ । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहनुभएको छ ।
यस्तै टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ । शीर्ष बरियतामा भने अस्ट्रेलिया छ । बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।
तपाईको विचार
सम्बन्धित
-
खेलकुद
गौतमबुद्ध कप मङ्सिर २७ देखि
-
खेलकुद
अस्ताए फुटबलका महान् हस्ती म्याराडोना
-
खेलकुद
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
-
खेलकुद
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ: समूह चरणमा खेलैपिच्छे विकेट
-
खेलकुद
सन्दीप आबद्ध जमैकाको खेल आज राति
-
खेलकुद
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित