सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिनुभएको छ ।
क्यारेबियन प्रिमियर लिग ९सीपीएल०अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।
शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोड्नुभयो । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिनुभयो । सन्दीपले लेन्स सिमोन्सको विकेट लिनुभएको थियो ।
जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गर्नुभयो । उहाँले अविजित अर्धशतकीय पारी खेल्नुभयो । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाउनुभयो । यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाउनुभयो । कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सक्नुभएन ।
बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिनुभयो । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ ।
तपाईको विचार
सम्बन्धित
-
खेलकुद
गौतमबुद्ध कप मङ्सिर २७ देखि
-
खेलकुद
अस्ताए फुटबलका महान् हस्ती म्याराडोना
-
खेलकुद
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
-
खेलकुद
सन्दीपको बलिङ बरियता खस्कियो
-
खेलकुद
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ: समूह चरणमा खेलैपिच्छे विकेट
-
खेलकुद
सन्दीप आबद्ध जमैकाको खेल आज राति