मेसी बार्सिलोनाको तालिममा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

एजेन्सी । खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित हुनुभएको छ ।
त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ ।
मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिर्नु भएपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।
ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ ।
स्वारेजको घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै हुनुहन्छ ।
उहाँले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो ।
यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन् ।
बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् ।
तपाईको विचार
सम्बन्धित
-
खेलकुद
गौतमबुद्ध कप मङ्सिर २७ देखि
-
खेलकुद
अस्ताए फुटबलका महान् हस्ती म्याराडोना
-
खेलकुद
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
-
खेलकुद
सन्दीपको बलिङ बरियता खस्कियो
-
खेलकुद
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ: समूह चरणमा खेलैपिच्छे विकेट
-
खेलकुद
सन्दीप आबद्ध जमैकाको खेल आज राति