संक्रमित बढ्न थालेपछि दैलेखको दुई नगरपालिकामा निषेधाज्ञा

२३ जेष्ठ २०७७ | समाज


दैलेख । दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय धेरै कोरोना संक्रमित देखिन थालेपछि स्थानीय  निकायले निषेधाज्ञा जारी गरेको हो । 

एउटै नगरपालिकामा १ सय बढी संख्यामा कोरोना संक्रमित देखिन थालेपछि जिल्लाले सतर्कता अपनाउँदै निषेधाज्ञा जारी गरेको हो । नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको थियो ।

 जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका  र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ । समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ ।

 

तपाईको विचार