देश टुक्रयाउने अभिव्यक्ति दिने एन्फाका अध्यक्ष शेर्पालाई निलम्बन गरी छानविनको दायरामा ल्याउन सांसद यादवकाे माग

२३ जेष्ठ २०७७ | समाज


काठमाण्डौ । प्रतिनिधिसभा सदस्य प्रदिप यादवले मधेश टुक्रयाउने अभिब्यक्ति दिने अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई अविलम्ब निलम्बन गरी छानविनकोे दायरामा ल्याउन माग राखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सासंद यादवले मधशीको राष्ट्रियतामाथि प्रश्न उठाउने एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई तत्काल निलम्बन गर्नुपर्ने माग गरेका हुन् । उनले मधेशीलाई राष्ट्रियता सिकाउने शेर्पा को हुन् र त्यो अधिकार उनलाई कसले दियो भनेर प्रश्न गरेका छन् ।

उनले शेर्पाले मधेश,पहाड र हिमाललाईलाई टुक्रयाउन खोजेको भन्दै उनलाई कानुनी घेरामा ल्याएर तत्काल कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

 

यादवले एन्फाले पोखरामा १७ करोड लगाएर टेक्निलकल सेन्टर बनाउने भएपछि खेलकुदमन्त्री जगतबहादुर सुनारको आडमा शेर्पाले मधेशीको राष्ट्रियतामाथि प्रश्न उठाए कि भन्ने आशंका सहितको प्रश्न तेस्र्याएका छन् ।

 

भारतसँगको १७ सय किलोमिटर सिमा रक्षा गर्ने वर्दीबिनाको सुरक्षाकर्मिको रुपमा रहेको मधेशवासीको स्वावलम्बनमाथि प्रश्न उठाएर देश टुक्राउन खोज्ने शेर्पालाई कारवाहीमा ढिला गर्न नहुने भन्दै यालवले जोडदार माँग समेत राखे ।

 

बुधबार शेर्पाले विज्ञप्ती जारी गर्दै राष्ट्रियताको बिषयमा गलत सन्देश दिनु आफ्नो मनसाय नभएको भन्दै माफि मागिसकेका छन् । तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गरेको भन्दै आलोचना खेपेपछि कर्माले विज्ञप्ती जारी गर्दै आफ्नो मनसाय नरहेको बताएका छन् ।

 

केही साताअघि अमेरिकाबाट संचालन हुने अनलाईन पोर्टल दूरबिन नेपालका लागी एउटा भिडियो अन्तरवार्तामा बोल्दै तराईका मानिसमा राष्ट्रियताको भावना केही कम हुने उनले बताएका थिए । एन्फाले तराईका जिल्लामा सुरु गरेको ग्रासरुट कार्यक्रमको बिषयको कुराकानीका क्रममा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो ।

तपाईको विचार