शुक्रबार बिहान थप ३० जनामा कोरोना पुष्टि, देशभर ४ सय ८७ पुगे संक्रमित

९ जेष्ठ २०७७ | राजनीति


काठमाडौं  । शुक्रबार बिहान नेपालका थप तीस जनाका कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरु ८ वर्षिय बालिकादेखि ७४ वर्षिय वृद्ध समेत छन् ।

तपाईको विचार