९ जना नयाँ काेराेना संक्रमित थपिए, देशभर ४ सय ५३ जना पुगे

८ जेष्ठ २०७७ | राष्ट्रिय


काठमाडौं । झापामा ८ जना पुरुषसहित थप ९ जनामा बिहिबार कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रुपन्देहीका २७ वर्षिय एक पुरुष र झापामा १७ वर्षदेखि ५५ वर्षसम्मका ८ पुरुषहरु संक्रमित रहेको जानकारी दिए । 

झापाका कचनाकवलको लक्ष्मी देवकोटा मावि क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना देखिएको हो । योसँगै कचनाकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो। 

योसँगै देशभर ४ सय ५३ जना कोरोना संक्रमित भएका छन्। जसमा ३ सय ८३ पुरुष ७० जना महिला छ् । आजै ४ जना उपचार पछि निको भएर घर फर्किएका छन्  । देशभर कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या ४९ पुगेको छ । देशभर २५ हजार ३० जना क्यारेन्टाइनमा रहेका छन् । 

 

तपाईको विचार