काठमाडौँ प्रवेश गर्ने सबै नाका सिल, अत्यावश्यक कामले प्रवेश गर्न परे आफ्नै खर्चले आरडीटी परीक्षण गर्नुपर्ने

८ जेष्ठ २०७७ | राजनीति


काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका शिल गरेको छ ।  उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो।

गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ।

गृह मन्त्रालयले अत्यावश्यक कामले प्रवेश गर्न परे आफ्नै खर्चले आरडीटी परीक्षण गरेर रिपोर्ट ल्याउन पर्ने समेत परिपत्रमा उल्लेख गरेको छ ।

‘कोरोनाको जोखिम देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने। आगागमनको स्रोतमै रोक्ने,’ गृहले पठाएको परिपत्रको पहिलो बुँदामा भनिएको छ।

 

त्यस्तै, काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

हेर्नुस् परिपत्रः

 

तपाईको विचार