नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको निधन, देशभर ४ सय ४४ संक्रमित

८ जेष्ठ २०७७ | समाज


बुटवल । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट तेस्रो व्यक्तिको निधन भएको छ ।रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको  बिहिबार  मृत्यु भएको हो ।

उनकाे मृत्युकाे प्रदेश ५ काे सामािजक  विकास मन्त्रालयले पुष्टि गरेकाे छ । भेन्टिलेटरमा राखेर सिकिस्त अवस्थामा उपचार भइरहेको थियाे । 

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालमा बिहिबार बिहानसम्म ४ सय ४४ जनाका कोरोना पुष्टि भएको छ भने ४५ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको भने मृत्यु भएको । यस अगाडि सिन्धुपाल्चोकमा एक र  बाँकेमा एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो।

 

तपाईको विचार