प्रदेश १ मा थप १७ जनाका कोरोना पुष्टि, देशभर ४ सय ४४ जना संक्रमित

८ जेष्ठ २०७७ | राष्ट्रिय


काठमाडौं । नेपालका थप १७  जनाका कोरोना पुष्टि भएको छ । बुधबार राति झापाको १५ जना र धनकुटा र सुनसरीको एक एक जनाका कोरोना पुष्टि प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

बुधबार  राति पुष्टि भएकाहरु  झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्। याेसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ।

प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्। यो स‌गै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। 

 

तपाईको विचार