बुधबार थप २५ जना कोराेना भाइरस संक्रमित भेटिए, देशभर ४ सय २७ पुग्यो

७ जेष्ठ २०७७ | राष्ट्रिय


काठमाडौं । नेपालमा थप २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार भेटघाटमा प्रवक्ता डा. देवकोटाका अनुसार बाँके, नवलपरासी पश्चिम, धनकुटा र कपिलवस्तुमा संक्रमित भेटिएका हुन् । थपिएका संक्रमितमध्ये १८ पुरूष  र ७ महिला छन्।

 

बाँके नरैनापुर गाउँपालिकामा फेरि थप ५ जना कोराृना संक्रमित भेटिएका छन् । उनीहरु १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका(५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १२, २०, २२, २४, ३४, ३४ र ४८ वर्षका पुरुष छन्। त्यस्तै, १६, २५ र ३२ वर्षीया महिला छन्। साथै, ३, ४ र ६ वर्षका बालबालिका छन्।

 

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका(५ को बेलवानी क्वारेन्टाइनमा छन् । यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

तपाईको विचार