कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

७ जेष्ठ २०७७ | समाज


 काठमाडाैं ।  कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको निधन भएको छ ।  रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका–६ का उनी सो अस्पतालमा एक हप्तादेखि उपचाररत थिए । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

नेपालमा बुधबार अपरान्हसम्म ४ सय २ जनाका कोरोना पुष्टि भएको छ भने ३७ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको भने मृत्यु भएको  । यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोनाको कारण मृत्यु भएको थियो।

तपाईको विचार