कोरोना आशंका गरिएकि सुत्केरीको धुलिखेल अस्पतालमा निधन, पीसीआर रिपोर्ट ४ बजेपछि मात्र सार्वजानिक गरिने

३ जेष्ठ २०७७ | स्वास्थ्य


काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना आशंका गरिएकी एक सुत्केरी महिलाको निधन भएको छ । बिहिबार उपचारका लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। उनको स्वाब परीक्षणको लागि टेकु पठाइएको छ ।  

सिन्धुपाल्चोकको बाह्राविसेब ति २९ वर्षिया महिला ९ दिन अघि टिचिङ अस्पतालमा सुत्केरी भएकि थिइन्। अस्पताल स्रोतका अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको थियो ।

 

उनलाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतले जनाएको छ।  श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर  धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो। 

 

‘एक जना बिरामीको निधन भएको छ। उहाँको कोरोना परीक्षण पनि गरिएको छ। तर रिपोर्ट सिधैँ मन्त्रालय पठाइएको छ,’ अस्पतालका प्रवक्ता डा.सुमन ताम्रकारले बिरामीको मृत्यु भएको पुष्टि गर्दै रिपोर्ट भने सिधैं मन्त्रालयमा पठाइएकोले चार बजेको ब्रिफिङ कुरेर बसेको बताएका छन् ।

 

स्वास्थ्य मन्त्रालयले ती महिलाको स्वाब धुलिखेल अस्पतालबाट मगाएर पुनः परीक्षणका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्रोतले जनाएको छ।

 

निधन भएकी महिलामा कोरोना पोजेटिभ सार्वजानिक नगरेपनि  अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ।

 

तपाईको विचार