नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो, आजै ५७ जनामा कोरोना पुष्टि

३० बैशाख २०७७ | स्वास्थ्य


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षण अनुसार ५७ जनामा कोरोना पुष्टि भएको छ । ति सबै पुरूष रहेका छन् । संक्रमित मध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना रहेका छन् । हिजोमात्र २४ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको विचार