अछाममा प्रभु बैंकद्धारा राहत बितरण

२८ चैत्र २०७६ | व्यापार


अछाम । कोरोनाको लागी सबैभन्दा जोगिम मानिएको सुदुरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ । 

अछाममा औषधि तथा खाद्य समाग्रीकै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्व अन्तरगत अछाम जिल्लमा औषधि तथा राहात समाग्री वितरण गरेको प्रभु बैंक अछामममा कार्यरत कर्मचारी गणेश भण्डारीले बताएका छन् ।  

अछामबाट ठुलो संख्यामा रोजगारीका लागी भारत गएकाहरु फर्किएपछि त्यहाँ संक्रमण बढ्नसक्ने अनुमान गरिएपनि अहिले सम्म प्रयाप्त औषधी, चिकित्सकका साथै आवश्यक खाद्य सामाग्री समेत पुगेको छैन । यहि सन्दर्भमा बैंकले आफनो संस्थागत नीति अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको छ । सुदुरपश्चिम क्षेत्र तथा विशेष गरी अछामा दुईदिन अघि मात्रै नेपाली सेनाले संक्रमणको आशंकामा तिन सय भन्दा बढी मानिसको नमुना संकलन गरेको थियो । 

प्रभु बैंक अछामको दुरगम कमलबाजारमा बैंकिङ सेवा दिने एक मात्र बैंक हो । 

तपाईको विचार