त्रिविकाे सबै परीक्षा स्थगित

६ चैत्र २०७६ | शिक्षा


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

यसअघि अाजकाे लागि ताेकिएकाे परिक्षा भने यथावत् राखेकाे थियाे । सरकारले एसइइ लगएत सबे परीक्षा स्थगित गरेर पठनपाठन समेत बन्द गर्न सबै शैक्षिक संस्थालाइ निर्देशन गरेकाे छ ।

तपाईको विचार