सुनको भाउ एक दिनमै १५ सयले घट्यो

६ चैत्र २०७६ | व्यापार


काठमाडौं । सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघले आज  छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ। बुधबार एक जहारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो।  तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।  सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

 

तपाईको विचार