एसइइ स्थगित

५ चैत्र २०७६ | शिक्षा


काठमाडाैं । सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । 

तपाईको विचार