सुनको भाउले रेकर्ड राख्यो

६ फाल्गुन २०७६ | व्यापार


काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो। उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको  हो। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो। जुन रकम यसअघिको सबैभन्दा उच्च मूल्य हो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ।

तपाईको विचार