ओमानलाई जितका लागि २५० रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको अर्धशतक
२६ माघ २०७६
|
खेलकुद
काठमाडौं । । विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानलाई विजयका लागि २५० रनको लक्ष्य दिएको छ। नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको छ। कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको सहयोग गरे । प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपालले ओमानसँग हारेको थियो भने अमेरिकालाई हराएको थियो।
यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल हो। नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाएका थिए।
अरिफ शेख र कुशल मल्लले समान २८ रन बनाए। ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए। टस जितेको ओमानका लागि अकिब इलयासले ४ र मोहम्मद नदिमले ३ विकेट लिए।
तपाईको विचार
सम्बन्धित
-
खेलकुद
गौतमबुद्ध कप मङ्सिर २७ देखि
-
खेलकुद
अस्ताए फुटबलका महान् हस्ती म्याराडोना
-
खेलकुद
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
-
खेलकुद
सन्दीपको बलिङ बरियता खस्कियो
-
खेलकुद
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ: समूह चरणमा खेलैपिच्छे विकेट
-
खेलकुद
सन्दीप आबद्ध जमैकाको खेल आज राति