विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ ।
विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।
त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो ।
त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३२८ अङक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।
यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।
तपाईको विचार
सम्बन्धित
-
खेलकुद
गौतमबुद्ध कप मङ्सिर २७ देखि
-
खेलकुद
अस्ताए फुटबलका महान् हस्ती म्याराडोना
-
खेलकुद
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने
-
खेलकुद
सन्दीपको बलिङ बरियता खस्कियो
-
खेलकुद
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ: समूह चरणमा खेलैपिच्छे विकेट
-
खेलकुद
सन्दीप आबद्ध जमैकाको खेल आज राति