ओमानले नेपाललाइ दियाे १ सय ९८ रनकाे लक्ष्य

२२ माघ २०७६ | खेलकुद


काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । 

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।

सन्दीप लामिछाने भने विकेट विहीन बनेको छ । अब केही बेरमा नेपालले ब्याटिङ गर्दै छ ।

तपाईको विचार