'तोक्मे बुढा' ले जन्मदिनमा श्रीमतिबाट पाए अमुल्य उपहार
१५ माघ २०७६
|
मनोरञ्जन

काठमाडौं । कलाकार विल्सन विक्रम राई 'ताेक्मे बुढा' बाबु बनेका छन्। आफ्नो जन्मदिनमा उनलाई श्रीमती सरिनाले छोरा उपहार दिइन्। अाज माघ १५ गते बुधबार उनको जन्म दिन समेत हो।
बुधबार उनले सामाजिक सञ्जालमा छोरा बोकीरहेको तस्बिर पोस्ट गरेर लेखे‘ मेरो जन्म दिनमा तिमी बहुमुल्य उपहार हौं ।’ ‘खुशीको कुनै सिमा छैन,’ बाबु बनेपछि नेपाललाइभसँग उनले भने, ‘बर्थडेमा छोरा उपहार पाएँ। आजबाट बाबु भएँ। जन्मदिनमा योभन्दा ठूलो उपहार अरु के हुन सक्छ र ?’
विल्सनले गत वर्ष इलामकी सरिनासँग गुपचुप विवाह गरेका थिए। तक्मे बुढोको रुपमा परिचित विल्सन अभिनित फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ मा रिलिज हुँदैछ । उनी हास्य कलाकारकाे रूपमा परिचित छन् ।
तपाईको विचार
सम्बन्धित
-
मनोरञ्जन
नायिका श्वेताले कसिन् लगनगाँठो
-
मनोरञ्जन
जमानतमा छुटे कमेडियन भारतीको दम्पती
-
मनोरञ्जन
विश्वकै लामो नाच भनेर चिनिने 'कार्तिक नाच' किन छोटिँदै ?
-
मनोरञ्जन
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
-
मनोरञ्जन
१०३ वर्षको उमेरमा अस्ताए हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको निधन
-
मनोरञ्जन
छपाकबाट प्रभावित भएर उत्तराखन्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा