अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउँदै

२९ पुष २०७६ | संसार


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणको योजनामा छन्। अमेरिकी अधिकारीहरुका अनुसार फेब्रुअरीमा ट्रम्पले भारतको पहिलो भ्रमण गर्नेछन्।

दुवै देशले यतिबेला ट्रम्पको भ्रमण तालिकाको विषयमा छलफल गरिरहेको भारतीय अधिकारीहरुलाई उदृतगर्दै ब्लुमबर्गले जनाएको छ।

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन्। भारतीय पत्रिका हिन्दुका अनुसार ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ। गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए।

तपाईको विचार