सुनको भाउ घट्यो

२९ पुष २०७६ | व्यापार


काठमाडौं । साताको तेस्रो दीन मंगलबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ। आज छापावाला सुन प्रतितोला रु ७४ हजारमा कारोवार भाइरहेको महासंघले जनाएको छ।

यस अघि सोमबार छापावाला सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य ७३ हजार ७०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलाको रु १० ले घटेको छ। आज चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानाएको छ।

तपाईको विचार