यी हुन् सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवक

२९ पुष २०७६ | समाज


काठमाडौं । एक वर्षअघि मंसिरमा सामाजिक संजालमा निकै भाइरल भएको एक अश्लिल भिडियो बनाउने वयीक्त पक्राउ परेका छन् । सोमबार चितवनबाट पक्राउ परेका ति युवालाई आज सार्वजाकिन गरिएको हो । भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

 

सार्कीको च्याटहरु अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

 

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

 

सार्कीले उक्त भिडिओ साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए। उक्त भिडिओ भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले बताएको छ। उनी फेरि नेपाल आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो।

 

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

 

 

तपाईको विचार