विनय मोहन नेपालका लागि भारतीय राजदुत नियुक्त

२९ पुष २०७६ | संसार


काठमाडौं । भारतले नेपलको लागि नयाँ राजदुत पठाएको छ । हालै पदावधी सकिएर भारत फर्किएका मंजीवसिंह पुरीको ठाउँमा अब विनय मोहन क्वात्रा आउने छन् । उनी यस अघि फ्रान्सका लागि भारतीय राजदुत थिए ।

उनले भारतको विदेश मामिला मन्त्रालय सम्हालिसकेका छन् । उनले प्रधानमन्त्री कार्यलयमा सहसचिव रुपमा काम गरेका थिए भने वासिंटन डि.सी. स्थित भारतीय राजदुतावासमा उच्च अधिकारीको रूपमा सन् २०१० देखि २०१३ सम्ममा काम गरेका थिए । 

भारतको बैदेशिक मामिलामा धेरै पदमा रहेर काम गरेका उनकाे नेपालसँगको सम्बन्ध भने नयाँ हो । 

उनी फेब्रवरीकाे पहिलाे साता नेपाल अाइपुग्ने छन् ।

 

 

 

 

तपाईको विचार