छपाकबाट प्रभावित भएर उत्तराखन्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा

२८ पुष २०७६ | मनोरञ्जन


एजेन्सी । एसिड आक्रमण पीडित महिलाहरूलाइ उत्तराखन्ड सरकारले पेन्सन दिने भएकाे छ  । छपाकबाट निकै प्रभावित भएर उत्तराखन्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा गरेको त्यहाँका महिला एवम् बाल विकासमन्त्री रेखा आर्यले बताएकी छन्। उनले तेजाब पीडितहरू सम्मानका साथ बाँच्न सकून् भनेर सहयोग गर्न चाहेको बताएकी पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।

रेखा आर्यले संसदमा यो प्रस्ताव पास गराउने र लागू भएपछि पीडितहरूलाई प्रतिमहिना ५(६ हजार भारू दिइने पनि जानकारी दिएकी छन्। तथ्यांक अनुसार उत्तराखन्डमा करिब ११ जना तेजाब हमला पीडित छन्।

 

त्यस्तै पन्जाब सरकारले तेजाब हमला पीडितलाई बोलाएरै फिल्म प्रदर्शन गरेको छ। अन्य केही राज्यमा छपाकका टिकट निःशुल्क बाँडिएको छ भने केहीमा करमुक्त गरिएको छ।

तपाईको विचार