एनसेल टावरमा आगजनी
२७ पुष २०७६
|
प्रविधि

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ ।
बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
तपाईको विचार
सम्बन्धित
-
प्रविधि
शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
-
प्रविधि
चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण
-
प्रविधि
अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्ससहित भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित
-
प्रविधि
सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
-
प्रविधि
विभिन्न कारणले इन्टरनेटमा समस्या
-
प्रविधि
इन्टरोप ‘टोकियो २०२०’ मा हुवावेले जित्यो आठ पुरस्कार